राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
२०८१ असोज ४ गते

राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष पौडेल
काठमाडौँ, ४ असोजः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०÷०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गर्दै । तस्बिरः राष्ट्रपतिको कार्यालय÷रासस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताए । उनले वित्तीय सङ्घीयता अन्तर्गत राजस्व बाँडफाँड, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस गर्ने लगायतका जिम्मेवारी अनुरूप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।
२०८१ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित








