प्रचण्डले पोखे पीडा- बेथिति र विचलनविरुद्ध आवाज उठाउँदा सरकार छोड्नुपर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन् । आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन् ।

गिरिबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ बिघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए । बिहान सोही ५१ बिघा जग्गामा भारतीय दुतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका थिए ।

स्थानीयवासीको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए । ‘सायद मैले यिनै बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भएपनि, सदनबाट भएपनि, सरकारबाट भएपनि तपाईंहरुलाई न्याय दिलाउनेछु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =