वरिष्ठ महिला चिकित्सकलाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गरेका छन् । नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा.रीता गुरूङ, डा.शान्तकुमारी सापकोटा, डा.हीरा तुलाधर, डा.गीता सायमी र डा.कल्पना सुवेदी उपाध्याय छन् ।

वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा.सुनिता आचार्य, डा.सुधा खकुरेल, डा.विमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ रहेका छन् ।

सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =