सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण गरेको छ ।
उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकको तर्फबाट बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो ।
यस सहयोगले बिरामीहरूले उच्च स्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको जनाएको छ ।








