बागलुङ जिप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु
२०८१ भदौ २८ गते

काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको सरकारी गाडी दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ ।
उपाध्यक्ष बुढासहित तीन जनाको मृत्यु भएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
उपाध्यक्ष बुढाको सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी रहेको उनले बताए । घटनास्थलबाट एक जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
आज शुक्रवार बिहान करिब पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
दुर्घटना स्थलमा खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।
२०८१ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित








