समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रस्तुत हुन सकेन : सांसद गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रस्तुत हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले समाजवाद निर्माण गर्न राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको बताए । समाजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्दासमेत समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रस्तुत हुन नसकेको सांसद गौतमले बताए । यसबीचमा कम्युनिष्ट र कांग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसकेका र आलोपालो जारी रहेको बताए ।

उनले भने,‘नेपालको संविधानले समाजवाद निर्माण गर्ने राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको छ । समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम हो । यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेका छन् । समाजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्यो । यसबीच कम्युनिष्ट र काँग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको छ । आलोपालो जारी छ । तर समाजवादी उत्पादन पद्धति विकास गर्ने योजनासम्म पनि संसदमा प्रश्तुत भएको छैन । प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरुको वौद्धिकतामा समाजवादको रुपरेखा छैन भनेर कसरी भन्नु ?’

समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम भएको उल्लेख गर्दै यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =