रास्वपा सांसद पराजुलीको प्रश्न : कांग्रेस सांसद गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी वचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनकी श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए । उनले सहकारीका अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिएको भन्दै छानविन गर्ने कि नगर्ने भनि कांग्रेस सांसदहरुमाथि प्रश्न गरे । उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे ।

उनले भने, ‘सहकारीको वचत अपचलन छानविनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसदमा चर्को नारावाजी गर्ने मध्येमा एक माननीयज्युविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको आज मिडियाहरुमा छ्यापछ्याप्ती देख्न पाइएको छ । उजुरी नै अन्तिम सत्य त होइन । तर उजुरी नपर्दा, प्रमाण नहुँदापनि रास्वपाका सभापति रवि लामिछानेज्यूलाई सदनमा के–के सम्म गरियो ? संसारले प्रष्टसँग देखेको छ । तर मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिव १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङको विरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ । अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ? भनेर यस सम्मानित सदनमार्फत नेपाली कांग्रेसका माननीयज्यु हरुलाई सोध्न चाहन्छु । सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध विच्छेदसम्म गरेको कुुरापनि बाहिर आएको छ । सहकारी ठगीको छानविनका लागि माग गर्दै कांग्रेसका माननीयज्युहरुले यो संसदको वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुन्न ? कि दोहोरो मापदण्ड अपनाउने हो ? म सदनमार्फत जवाफको माग गर्दछु । 

त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानविन गर्ने कि नगर्ने भनेर उनले अर्को प्रश्न गरे । उनले सरकार बनाउन भुमिका खेल्ने एपिवान टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ ? भनि गृहमन्त्रीलाई प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =