माओवादीका विद्यार्थी नेता चढेको जीप नालीमा खस्यो, ८ जना घाइते
२०८१ भदौ १९ गते

काठमाडौं । अछाममा जीप दुर्घटना भएको छ । साँफेबगरबाट मङ्गलसेन जाँदै गरेको जीप बयालपाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जना विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा पर्नेहरू माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता हुन् ।
उनीहरू अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन सदरमुकाम मंगलसैन जाँदै थिए ।
घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
२०८१ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








