दिदी बहिनी मृत फेला परेपछि आमालाई खोज्दै प्रहरी

मोरङ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ मालती टोल स्थित केरा बगानभित्र दुई बालिकाको शव फेला परेको छ । ३१ वर्षीय अर्जुन कार्कीकी तीन र एक वर्षकी छोरी शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रवार साँझ श्रीमान् श्रीमतीबीच विवाद भएपछि दुवै छोरीहरू साथमा लिएर हिँडेकी कार्कीकी २९ वर्षिया श्रीमती अस्मिता पौडेल सम्पर्कविहीन भएकी छन् ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी)ज्ञानेन्द्र बहादुर बस्नेतले मकालुखबरलाई बताए । धनकुटा घर भएका कार्की परिवार सिता रेग्मीको घरमा बस्दै आएका थिए ।

कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =