शिक्षकको कुटाइबाट छात्रा घाइते, राई पक्राउ
२०८१ भदौ १४ गते

काठमाडौं । मोरङमा शिक्षकको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।
मोरङको श्री सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक पवन राईको कुटाइबाट छात्रा घाइते भएकी हुन् ।
कक्षा १० मा अध्ययनरत १७ वर्षीया जस्ना राईलाई शिक्षकले विद्यालयमै कुटपिट गरेका हुन् ।
घाइते छात्राको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्राको पाखुरामाथिको पातामा चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालका अनुसार विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक पवनलाई पक्राउ गरिएको छ ।
पवनले प्लास्टिकको पाइपले कुटपिट गर्दा विद्यार्थी घाइते भएको डिएसपी दाहालले जानकारी दिए ।
पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित








