मिर्गौलापीडितलाई डेढ लाख सहयोग

रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ ।

सहयोगबापत सङ्कलन भएको उक्त रकम मिर्गौलापीडित बोहराका बुवा ठानबहादुर बोहरा र आमा शर्मिला बोहरालाई हस्तान्तरण गरिएको छ ।

त्रिवेणी–२ का ‘हाम्रो युवा समाज’मा आवद्ध व्यक्तिहरुबाट सङ्कलित रु ५३ हजार र अन्य व्यक्तिबाट सङ्कलन भएको रु एक लाख ७ हजार ओली दम्पतीलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष शक्तिकिरण विसीले जानकारी दिए ।

केही समयअघि दुबै मिर्गौलाले काम गर्न छाडेपछि बोहराको उपचारका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो । सो रकमबाट पीडितलाई सहयोग पुग्ने अध्यक्ष विसीले बताए ।

बोहराको विगत चार महिनादेखि काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =