अशोकराज सिग्देल नयाँ सेनापतिमा नियुक्त
२०८१ भदौ १२ गते

काठमाडौं । अशोकराज सिग्देल नेपाली सेनाको नयाँ सेनापतिमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सेनापतिमा नियुक्त गरेका हुन् ।
उनी भदौ २४ बाट नेपाली सेनाको प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।
सिग्देल सेनाको ४५ औं प्रधान सेनापति बनेका छन् ।
यसअघि साउन १४ गते राष्ट्रपति पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।

२०८१ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








