पहिरोमा परी ज्यान गुमाएकाको शव परीक्षण गरी परिवारलाई बुझाइयो

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा शनिवारराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव परिवारलाई बुझाइएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने घटनास्थमै मृतकको शवको परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए ।

हराइरहेका अन्य चारजनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए ।

पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो ।

सो वडाको लेखर्कमा गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले वडा नम्बर २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल समेत बगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =