धनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । धनकुटाको साँगुरीगढी-६ मुक्तेनमा पिकअप गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुक्तेनबाट नाम्जेतर्फ जाँदै गरेको को. २ च ११०५ नम्बरको पिकअप शुक्रबार करिब सवा ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी साँगुरीगढी-६ का ३८ वर्षीय निरबहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीया मिना मगर र उनकी ६ वर्षीया छोरी श्रेया मगर घाइते भएका छन् । घाइतेहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

पिकअप चालक उदयपुरका अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । उक्त गाडी सडकबाट करिब ७० मीटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =