खोलामा डुबेर दुई जनाको मृत्यु
२०८१ भदौ ८ गते

फाइल तस्वीर ।
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा डुबेर १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटाको मृत्यु भएको हो । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पु¥याइएकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ ।
२०८१ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








