उपचारका क्रममा मृत्यु भएको घटना छानबिन गर्न समिति गठन

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सम्झना काफ्लेको घटना छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको बैठकले भरतपुर महानगरपालिका–१२ घर भई हाल गैँडाकोट बस्ने काफ्लेको घटना छानविन गर्न भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका ऐनेस्थेसियोलोजिष्ट डा। प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली तथा पीडितको तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले सदस्य छन् भने तुलसीराम आचार्य सदस्य सचिव रहेका छन् ।

समितिलाई एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतकका परिवारले चिकित्सकको लापर्वाहीले घटना भएको भन्दै शव बुझ्न मानेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =