परराष्ट्रमन्त्री डा.राणाको भारत भ्रमण स्वीकृत
२०८१ साउन ३२ गते

काठमाडौं । पराष्ट्रमन्त्री डा आरजु राणाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण भएकी छन् ।
नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो ।
परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणसम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ ।
मन्त्रिपरिषद्को यही साउन ३१ गतको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
२०८१ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








