सभामुखले ढकाललाई रोकेपछि संसदमा होहल्ला
मकालु खबर
२०८१ साउन २९ गते
काठमाडौं । संसदमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् ।
संसद बैठक सुरु भए लगत्तै सभामुखले आकस्मिक समयमा बोल्न सांसदलाई समय दिएका थिए ।
सोही अनुसार सांसदहरूले बोल्न थाले । त्यसपछि सभामुखले रास्वपा सांसद हरि ढकाललाई बोल्न समय दिए । ढकालले विद्युत् महसुलको विषयमा बोल्न थालेपछि सभामुखले लाइन काटिदिए ।
त्यसपछि प्रतिपक्ष दलहरूले उठेर आपत्ति जनाए । केही समय संसदमा प्रतिपक्षले होहल्ला गरेपछि संसद बैठक प्रभावित हुन पुगेको छ ।
मकालु खबर
२०८१ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित