आफैले चलाएको ट्रकमा च्यापिएर २५ वर्षीय सबिनको मृत्यु

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शम्भुनाथ–५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको प्रनाउ न्यौपानेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =