समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न म्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।

‘हामी सबै जना महाअभियानमा छौँ । हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ,’उनले भनिन्,‘यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह÷पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु ।’

उनले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताइन् । उनले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताइन् ।

उनले सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताइन् ।

आज मेनिफेस्टो बन्दैछ । त्यो मेनिफेस्टो प्रमाण पनि हो भविष्यप्रतिको प्रतिवद्धताको । यो मेनिफेस्टोले सामुहिक दृष्टिकोण दिन सकोस् । हाम्रा साझा मूल्यहरुलाई अघि बढाउन सकोस्,’उनले भनिन्,‘यो मेनिफेस्टो कसैले बनाइदिएको होइन, हामी सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ । हामी र भावी पुस्ताको लागि वाचा बन्न सकोस् ।’

उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *