मुलुकमा पर्यटन प्रवर्द्धनका लागि वागमती सरकार तयार छ : मुख्यमन्त्री लामा

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु तयार रहेको बताएका छन् ।

एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री लामाले वागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए ।

उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए ।

उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने– ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न वागमती प्रदेश सरकार तयार छ । वागमती प्रदेशले पर्यटन प्रवद्र्धनका लागि यस अघि जुन लगानी गरेको छ । त्यो लगानी फजुलमा गरेको हामीले देख्यौँ । मन्दिर, गुम्बा छरिएर बनाएको छ । सबै ठाउँमा छरेर बनाएर टुरिजम आउँदैन । अर्को डाँडामा टावर बनाएको छ । टावर कहाँ बनाउने, मन्दिरहरु कहाँ कहाँ बनाउने भन्नेकुरा फरक छ । हाम्रो समाजलाई पनि शुद्धिकरण गरेर टुरिष्टहरुलाई आकर्षित गर्ने कम्तिमा पनि २÷३ दिन घुम्ने ठाउँ चाहिएयो नि । पशुपतीमा धार्मिक पर्यटकको दृष्टिले आउँछ कोही । हरेक क्षेत्रको पर्यटकलाई आकर्षण दिने काम गर्नुपर्दछ । त्यसो गर्न सकियो भने हामी सफल हुनसक्छौं । त्यसकारण म के आश्वासन दिन चाहन्छु भने हामी व्यवसायीको पक्षमा छौं । व्यवसायीको समस्या हामीलाई थाहा छ । ’

मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *