पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाइते भएकी छन् । शुक्लाफाटा नगरपालिका-४ आसपुरीस्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको डुबेर मृत्यु भएको हो ।

सोही ठाउँकी १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरीएको छ । उनको अहिले उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

भीमदत्त नगरपालिका-१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको पोखरीमा सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ ।

रानालाई डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा बुधवार चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =