हेलिकप्टर दुर्घटना स्थलमा पुग्यो सेनाको हेलिकप्टर, पर्यटनमन्त्री जाँदै (अपडेट)
मकालु खबर
२०८१ साउन २३ गते
काठमाडौँ । नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा नेपाली सेनाको टोली हेलिकप्टरसहित पुगेको छ ।
सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको हो । सेनाको टोलीले घटनास्थलको अवलोकन र शव सङ्कलन सहितको कार्य गरिरहेको छ ।
यस्तै पर्यटन मन्त्री पनि हेलिकप्टर दुर्घटनास्थल गएका छन् । पर्यटन मन्त्री बद्री पाण्डे मन्त्रालयबाट हेलिकप्टर दुर्घटनास्थल प्रस्थान गरेका बुझिएको छ ।
काठमाडौँबाट स्याफ्रुबेसीका उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर डाँडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मकालु खबर
२०८१ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित