हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित ५ जनाको शव भेटियो

काठमाडौँ । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा सवार पाँचै जनाको शब भेटिएको छ ।

एयर डाइनेस्टीका क्याप्टेन अरुण मल्लसहित ४ जना विदेशी नागरिकको शव फेला परेको हो ।

चिनियाँ पर्यटक जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सीको शव भेटिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले मकालुखबरलाई जानकारी दिए ।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर डाँडामा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =