नुवाकोटमा हेलिकप्टर दुर्घटना

काठमाडौं । नुवाकोटमा हेलिकप्टर दुर्घटना भएको छ ।

एयर डाइनेस्टीको हेलिकटर शिवपुरी–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले मकालुखबरलाई जानकारी दिए ।

‘हेलिकप्टर ठोक्किएको छ । चार वटा शव देखिएको बुझिएको छ,’ उनले भने, ‘हाम्रो टोली दुर्घटनास्थल पुग्दैछ ।’

त्रिभुवन विमानस्थलबाट हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।

घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =