काठमाडौंको सरस्वतीनगरमा बाइक दुर्घटना हुँदा २८ वर्षीय मल्लको मृत्यु
२०८१ साउन १९ गते

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२-०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी चालक मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
२०८१ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








