टिआरसीमा भएको सहमति उल्ट्याउने काम नहोस् : देव गुरुङ (भिडिओ)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक(टिआरसी)मा दलहरूका बीचमा भएको सहमतीबाट पछाडी फर्किनु नहुने बताएका छन् ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमती भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताएका हुन् ।

उनले विगतमा सहमती कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडी बढ्नेमा आफूहरू आशावादी रहेको बताए ।

उनले सहमती कार्यान्वयन गर्नका लागि दलहरूलाई आग्रह समेत गरे । उनले टिआरसीको विषय टुंग्याउन निकै विलम्व भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरे ।

उनले भने – ‘विगतमा पनि पटक–पटक टुंगिएकै हो । अन्तरवस्तुमा सहमती भयो । फेरि पछाडी उल्टियो । सहमती भयो फेरि पछाडी प्रक्रियामा जाँदा कुनै न कुनै इस्यु उठाएर विलम्व हुँदै आएको अवस्था हो । अहिले जुन सहमती भएको छ, भविष्यमा उल्टिएन भने, भविष्यमा कुनै अवरोध भएन भने प्रक्रिया अगाडी बढ्छ भन्ने कुरामा हामी आशावादी छौँ । सहमती कायम रहोस् । लागू होस् । यसलाई उल्लङ्घन गर्ने अथवा सहमतीबाट ब्याक हुने प्रक्रिया नहोस् भन्ने कुरामा हामी आशावादी छौँ । सहमती गर्नका लागि यो आयोग बनेको हो । आयोगले सहमती जुटाउँदा पनि सहमती जुट्न सकेन भने सहमती जुटाउन नसकेको कुरा सरकारलाई जानकारी गराइदिने कुरा हो । सरकारप्रति जवाफदेही बनेर आयोग गठन गरेको हुन्छ । आयोगले कति सहमती गर्‍यो ? कति सहमती गर्न सकेन भन्ने कुरा त सरकारलाई जानकारी गराइदिने हो । मेलमिलाप हुन नसकेका केशहरू दण्ड, जरिवाना गर्नु परेपनि न्यूनतम रूपले २५ प्रतिशत गरेर जानु उपयुक्त हुन्छ । टिआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो । १७/१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने, गराउने । सहमती गर्ने फेरि उल्टिने, सहमती गर्ने फेरि उल्टिने गरेर अवरोध गरेको गरेकै कारणले १७/१८ वर्ष बित्यो । त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । बिगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो ।’

उनले माओवादी केन्द्र सहमती कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =