जहाज दुर्घटनामा बाँचेका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

काठमाडौं मेडिकल कलेजमा उपचाररत पाइलट शाक्यलाई आजै डिस्चार्ज गर्ने तयारी भएको हो ।

चिकित्सकहरूले शाक्यका परिवारलाई डिस्चार्ज गर्न अनुमति दिएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो ।

अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताइन् । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताइन् ।

‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ,’ उनले भनिन्, ‘उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो ।’

उनले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताइन् । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =