मुखमा टेप लगाएर काठमाडौंमा सहकारी पीडितको मानव साङ्लो (तस्बिरहरू)

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीवार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन् सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन् ।

सरकार संवेदनशील नभएको उनीहरूको भनाइ छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ ? लगायतका नारा लगाइ मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =