बिरामी मृत्यु प्रकरण : क्यान्सर अस्पतालका दुई नर्स निलम्बित
२०८१ साउन १७ गते

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई जना नर्स निलम्बनमा परेका छन् ।
लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको किमोको मात्रा बढी दिएपछि असार १३ गते राति मृत्यु भएको थियो । बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो ।
उक्त प्रकरणमा दुई जना नर्सलाई निलम्बन गरिएको हो । २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको अस्पतालले जनाएको छ ।
बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।
२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








