संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक सुरु भएको हो ।

बैठकमा टुंगो लाग्न बाँकी विषयमा छलफल गर्ने बताइएको छ । आजको बैठकलाई निर्णायक बैठकका रुपमा लिइएको छ । बैठकमा आज विगतका बैठकमा गरिएका छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि विधेयक टुङ्ग्याइने कार्यदलको भनाइ छ ।

कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कार्यदलका सदस्य एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी लगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =