फैलिँदै डेंगु: संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा

वर्षायामसँगै डेंगुको संक्रमण तीव्र रुपमा पैलिएको छ। नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्।  हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ।

नेपालभर २ हजार ६१ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्।काठमाडौँमा सबैभन्दा धेरै २४९ जना डेंगु संक्रमित फेला परेका छन्।

त्यस्तै झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =