शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् ।

बुधवार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए ।

उनले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने काम बाँकी रहेको बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरु, मानवअधिकार कर्मी, आम नागरिकहरुको काँधमा रहेको बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताए । उनले सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको पनि बताए ।

हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसावले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताउनु भयो । उहाँले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =