गृहमन्त्रीलाई रविको सुझाव– मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, बच्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।

बुधवार गृहमन्त्री रमेश लेखक समेत उपस्थिति भएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निःवर्तमान गृहमन्त्री समेत रहेका उनले मिडिया ट्रायक गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभुति अभिव्यक्त गरे ।

‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्य बच्नुहोला । हुनत तपाईलाई माया गर्नेहरु अलि बढी छन्,’उनले भने,‘मैले त खरो भएर होला सकिन । तपाई सक्नुहोला । मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस् ।’

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए ।

उनले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताए ।

सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे ।

‘अब तपाईहरुसँग तागत पनि छ, शाहस पनि छ । प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानविन गर्न सक्छ । सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ । राजनीतिमा लामो अनुभव गर्नुभएको गृहमन्त्री हुनुहुन्छ,’उनले भने,‘मैले केही कोशिसहरु अवश्य पनि गरेको हुँ । धेरै गर्ने ठाउँ विभिन्न कारणले थिएन । तर एउटा इमान्दार प्रयास अवश्य पनि गरेको हुँ । मलाई विश्वास छ–ती राम्रा कामहरुको निरन्तरता यहाँहरुले दिनुहुनेछ ।’

सभापति लामिछानेले आफूले गृहमन्त्रीको रुपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =