सांसदको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

काठमाडौँ । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले भने ‘स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’ गत आर्थिक वर्षमा एक लाख १२ हजार चार सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै उनले यसका लागि ? एक खर्ब ५२ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए ।

विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख बताए ।

राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदहरूले विपत् व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारकालाई ध्यानाकर्षण गराएका छन् ।

सांसद कमला पन्तले सौर्य जहाजको दुर्घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरिन् । सांसद जयन्तीदेवी राईले सौर्य जहाज दुर्घटनाका मृतकका परिवारलाई सरकारले नभेटेको गुनासो सुनाइन् । उनले थोत्रो जहाज कहिलेसम्म चलाउने ? भन्दै सरकारको जवाफ माग गरे ।

सांसद दुर्गा गुरुङले बाढीपरिहराका कारण कर्णाली प्रदेशको सडक बिग्रिएको उल्लेख गर्दै त्यहाँको जनजीवन प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराए ।

सांसद नारायणदत्त मिश्रले जहाज दुर्घटनाको निष्पक्ष छानबिन र किसानले रासायनिक मल नपाएकोमा सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनारले भर्खर गठन भएको मन्त्रिपरिषद् समावेशी नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

सांसद मदनकुमारी साह गरिमाले विभिन्न स्थानमा भएका स्कुल बस दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद सुरेशकुमार आलेमगरले पुतलीसडक–मैतिदेवी सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनको माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =