प्रतिनिधिसभामा विपद् व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौँ । ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा पेस गरिएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सो प्रस्ताव पेस गरेकी हुन् ।

विपद् व्यवस्थापनमा देखिएको संकट समाधानका लागि आफूले सो प्रस्ताव बैठकमा पेस गर्नु परेको उनको भनाई थियो ।

सो जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा। चन्दा कार्की, विन्दबासिनी कंशाकार र निशा डाँगी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =