घाइते पाइलटको अवस्था बुझ्न पर्यटनमन्त्री केएमसीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे काठमाडौं मेडिकल कलेज पुगेका छन् ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न मन्त्री पाण्डे केएमसी अस्पताल पुगेका हुन् ।

मन्त्री पाण्डेले शाक्यको अवस्थाबारे थप जानकारी लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स ९एन—एएमई/सिआरजे२०० विमान रनवे ०२ बाट उडान भर्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *