महिला एसिया कप : १४ औं ओभरमा नेपालले लियो भारतको पहिलो विकेट
२०८१ साउन ८ गते

महिला एसिया कप २०२४ मा नेपालले १४ औं ओभरमा भारतको पहिलो विकेट लिएको छ।
१४ औं ओभरको अन्तिम बलमा नेपालकी सीता राना मगरले पहिलो विकेटका रुपमा दयालन हेमलतालाई क्याच आउट गराएकी हुन्।
रुबिनाले दोस्रो प्रयासमा क्याच गरेकी थिइन्। हेमलताले ५ चौका र एक छक्काको मद्दतमा ४७ रन बनाइन्। भारतकी अर्की ओपनर शफली वर्माले ४६ बलमा ८० रन बनाएकी छन्।
नेपालले फिल्डिङ राम्रो गर्न सकिरहेको छैन।
२०८१ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








