कमिसनमा पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्न आवश्यक : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जल स्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार निर्माण व्यवसायी महासंघसँगको छलफलमा ऊर्जामन्त्री खड्काले यस्तो बताएका हुन् । उनले निर्माण व्यवसायीहरुको भुक्तानीको समस्यालाई सरकारले चाँडै सम्बोधन गर्नेगरी काम गरिरहेको बताए ।

उनले निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी पाउँदै जाने उल्लेख गरे । उनले सार्वजनिक खरिद ऐनमा पनि समस्या रहेकाले निर्माण व्यवसायीहरुले पनि विलोमा ठेक्का हाल्ने र त्यसैले पाउने भएकाले समयमा र गुणस्तरीय काम हुन नकसको बताए ।

उनले पछिल्लो ठूला निर्माण कम्पनीले ठेक्का लिने अनि पेटी ठेकेदारबाट १० प्रतिशत कमिसन राख्दै काम दिने प्रवृत्ति रहेको बताए । उनले सरकार र निर्माण व्यवसायीहरु मिलेर नै यस्तो प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले जसले ठेक्का लिएको उसैलाई जिम्मेवार बनाउनु पर्ने बताए । उनले निर्माण क्षेत्रमा भएका समस्याको निर्माण व्यवसायी र सरकार मिलेर समाधान गर्न आवश्यक रहेको बताए ।

उनले निजी क्षेत्र बिना मुलुकको विकास सम्भव नभएको बताए । उनले स्थिर सरकार बनेकाले सबैले बधाई भन्नेगरी काम गर्ने इच्छा रहेको बताए ।

निर्माण व्यवसायीहरुले ऊर्जा मन्त्रीलाई निर्माण व्यवसायीहरुको रकम भुक्तानीको लागि रकमान्तर नहुने गरी सहजिकरण गर्न माग गरेका छन् ।

व्यवसायीहरुले निर्माण क्षेत्रको भुक्तानीको लागि जिम्मेवार मन्त्रालयका सचिवलाई नै जिम्मेवारी दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =