डडेल्धुरामा किशोरी बलात्कृत, भीमबहादुर पक्राउ

काठमाडौं । डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिका-१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन् ।

उनले किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले कठायतलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =