फ्रिजमा जोडेको तारबाट करेन्ट लाग्दा लक्ष्मीको मृत्यु
२०८१ साउन ३ गते

फाइल फाेटाे
कैलाली । कैलालीमा आफ्नै घरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । बुधबार लम्कीचुहा नगरपालिका–२ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो ।
घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडिपट्टि रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
२०८१ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








