चन्द्रागिरि केबलकारमा फसेकाहरू सबैको सकुशल उद्धार

काठमाडौँ । काठमाडौंको चन्द्रागिरिस्थित केबलकारमा रोकिएका यात्रुहरूको उद्धार भएको छ ।

आज दिउँसो साढे १ बजे प्राविधिक समस्याका कारण चन्द्रागिरि केबलकार बीचमै रोकिँदा करिब ५०-६० जना यात्रुहरू उक्त केबलकारमा फसेका थिए ।

केबलकार पुनः सञ्चालनमा आएसँगै यात्रुहरूको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

उनले ८ जना यात्रुलाई टावर नजिकैबाट ओरालिएको र अन्यलाई भने केबलकार सञ्चालन भएसँगै सकुशल उद्धार गरिएको बताए ।

प्रहरीले चन्द्रागिरिको माथिल्लो स्थानमा डेढ-दुई सय जना मानिसहरू रहेको भन्दै उनीहरूलाई कसरी तल ल्याउने भन्नेबारे काम भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *