प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश भएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन(२०७९–०८०) पेश गरेका हुन् ।

बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महशुल विधेयक, २०८१ राष्ट्रिय सभाबाट सुझाव बिना पारित भएको सन्देशको जानकारी गराएका थिए ।

त्यस्तै उनले आर्थिक विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।

प्रतिनिधि सभाको आगामी बैठक आजै(सोमवार) नै १५ मिनेटपछि बस्नेगरी बस्ने सभामुख देवराज घिमिरेले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =