ब्लाइन्ड क्रिकेट विश्वकप खेल्ने नेपाली टिम घोषणा
२०८१ असार ३१ गते

काठमाडौँ । नेत्रहीन क्रिकेट संघ, नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी नोभेम्बर २०२४ पाकिस्तानमा सञ्चालन हुने चौथोँ टी-२० ब्लाइन्ड किक्रेट कप २०२४ मा सहभागिताका लागि १९ जना खेलाडीहरू छनौट गरेको छ ।
छनौट समितिको सिफारिस बमोजिम संघले प्रथम चरणमा तपसिलका १९ जना खेलाडीहरूको छनोट गरेको हो ।
सहभागी हुने अन्तिम १५ खेलाडीहरूको नामावली दोस्रो चरणको छनौट प्रतियोगिताबाट टुङ्गो लगाइने नेत्रहीन क्रिकेट संघले जनाएको छ ।
छनौट भएका खेलाडीहरूको नामावली
१.सुनिल सुवेदी
२. सागर लामा
३. भरत चौलागाई
४. दुर्गादत्त पौडेल
५. प्रेम क्षेत्री
६. मदन न्यौपाने
७. प्रविन तामाङ्ग
८. अमिस गुरागाईं
९. भरत थापा
१०.रमेश बानियाँ
११. नरेश चौधरी
१२. सुनिल राना
१३. पदम बडैला
१४. सन्त पहरी
१५. रवीन्द्र बोहरा
१६. खेमराज सापकोटा
१७. पदम कार्की
१८. युवराज भण्डारी
१९. निश्चल सिवाकोटी
२०८१ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








