आइतबार कति छ सुनचाँदीको मूल्य ?
२०८१ असार ३० गते

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार कीर्तिमान बनाएको सुनको मूल्य आज पनि सोही मूल्यका कारोबार भइरहेको हो ।
आज सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले उल्लेख गरेको छ ।
यो दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको हो ।
२०८१ असार ३० गते
प्रतिक्रिया









wow gold price is high eveytime.