सरकार कामचलाउ भएको राष्ट्रपतिबाट जानकारी
२०८१ असार २८ गते

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदबाट विश्वासको मत नपाएपछि सरकार कामचलाउ भएको छ ।
राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जनाएको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रुपमा रहने उल्लेख गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही मन्त्रिपरिषद्ले कार्य गर्ने गरी तोकेका हुन् ।
प्रचण्ड विश्वासको मत नपाएसँगै प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।
शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राखेको प्रश्ताव अस्वीकृत भएकाले उनि पदबाट मुक्त भएका हुन ।
तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








