म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । उनले सरकारको नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था र अहिले धेरै फरक भइसकेको बताए ।
उनले भने ‘मैले सरकारको नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था के थियो, माननीयज्यूहरू एकदमै राम्ररी जानकार हुनुहुन्छ । आर्थिक संकटले निम्त्याएको चरम निराशा, ७.३८ प्रतिशत मुद्रास्फीति, न्यून विदेशी मुद्राको सञ्चितिले अत्यधिक चापमा परेको बाह्य क्षेत्रको सन्तुलन, घट्दो राजश्व, अत्यधिक मात्रामा बढ्दो सार्वजनिक ऋणले समेत आर्थिक रूपमा धराशायी हुने डरलाग्दो भाष्य मैले उत्तराधिकारमा पाएको थिएँ । समष्टिगत आर्थिक परिसूचकहरू निराशाजनक थिए । अर्थतन्त्रका विभिन्न क्षेत्रमा दबाब थियो तर वित्तीय तथा मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन, निजी क्षेत्रसँग गरिएका सघन अन्तरक्रिया र निरन्तर प्रयासले परिणाम दिए । अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोले नै समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएका हुन् । तथ्यांक नै हेर्दा गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यो वर्ष करिब दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य छ । यो लक्ष्य केवल प्रचार र ढाडसको होइन, अन्तर्राष्ट्रिय निकाय तथा नेपालकै विज्ञ एवं अर्थशास्त्रीहरूले पनि वास्तविक मानेको प्रक्षेपण हो ।’
उनले अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोलेसमष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए । उनले गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यस वर्ष करिब दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको बताए । ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको बताए ।
उनले भने ‘आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणालीको माध्यमबाट आर्थिक वृद्धिमा योगदान पु¥याउने लक्ष्यका साथ राजस्व प्रणालीमा गरिएको नीतिगत तथा प्रशासनिक सुधारका कारण गत वर्ष ऋणात्मक रहेको राजस्वको वृद्धिदरमा दश प्रतिशतले वृद्धि भएको छ । ६ अर्ब लगानीको प्रतिविद्धतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । पछिल्ला समयका नीतिगत र कानूूनी सुधारले लगानीमैत्री वातावरण निर्माण भएको छ । वैदेशिक लगानीमा १४.४ प्रतिशतले वृद्धि त्यसको प्रमाण हो । मैले सरकारको नेतृत्व लिँदा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७।३८ प्रतिशत थियो, अहिले घटेर ४.१७ प्रतिशत छ । २०७९ मंसिर महिनासम्म शोधनान्तर बचत रू. ४५ अर्ब ७ करोड थियो, अहिले बढेर ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ । चालु खाता रू. २०० अर्ब ३९ करोडले बचतमा रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा रू. ७९ अर्ब ५३ करोडले घाटामा थियो । २०० असार मसान्तमा रू. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०१ जेठ मसान्तमा रू. १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । सरकारले चालेका प्रयासबाट आर्थिक क्षेत्र क्रमशः चलायमान हुँदै बैंकिङ क्षेत्रमा समेत सकारात्मक वातावरण सिर्जना भएको छ ।’
उनले वार्षिक बिन्दुगत आधारमा २०१ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको बताए । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको जानकारी दिए । यसबीचमा ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको बताए ।
उनले व्यापार घाटामा सुधार आएको बताए । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा विद्युतीय सवारी सधानको आयातबाट प्राप्त राजस्व ३३० प्रतिशतले बढेको दाबी गरे । आर्थिक वर्ष २००/१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बताए । २०१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका जनकारी दिए ।
उनले २०० असार मसान्तमा यी अनुपातहरू क्रमशः २. प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको बताए । कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुनुका साथै कृषि क्षेत्र उत्पादन समेत वृद्धि भएको बताए ।
प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।
उनले भने ‘पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको छ । गत वर्ष सबै रेकर्ड तोडेर १० लाख बढी पर्यटक नेपाल भित्रिए, यो वर्ष त्यो रेकर्ड पनि तोडिँदै छ । यसवर्ष वैशाख महिनासम्म ९ लाख ७ हजार पर्यटक भित्रिएका छन् जुन गत वर्षभन्दा ३४ प्रतिशतले बढी हो । आर्थिक वातावरणको सापेक्षतामा पुँजीबजार पनि नकारात्मक छैन । ०१ जेठमा वाणिज्य बैङ्कहरूको औसत आधार दर १७ प्रतिशत, विकास बैङ्कहरूको ९.९६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जेठमा वाणिज्य बैङ्कहरूको औसत आधार दर १०.१ प्रतिशत, विकास बैङ्कहरूको १२.४७ प्रतिशत र वित्त कम्पनीहरूको १३।५५ प्रतिशत रहेको थियो । मैले तथ्यांकमै भनेँ, हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहनेछैन । बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरेँ । डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन । म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ ।’








