जसपाले प्रचण्डलाई विश्वासको मत नदिने, ओलीलाई सहयोग गर्ने
२०८१ असार २७ गते

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ ।
जसपाको बिहीबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
जसपाका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले प्रधानमन्त्रीले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।
साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ ।

२०८१ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








