तितौरेमा पहिरोले घर पुर्दा खिलकुमारीले गुमाइन् ज्यान

काठमाडौं । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

बागलुङ-७ का वडाध्यक्ष मेघनाथ गैरेका अनुसार शर्मा घरमा एक्लै बस्थिन् । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =