राखेप सदस्यमा श्रेष्ठ नियुक्त
२०८१ असार २६ गते

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णय अनुसार सदस्यमा नियुक्त भएका हुन्।
पारालिम्पिक कमिटीका सदस्य श्रेष्ठ नेपाल तेक्वान्दो संघका पनि केन्द्रीय सदस्य हुन्।
राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले नवनियुक्त सदस्य श्रेष्ठलाई बुधबार स्वागत गरे।
२०८१ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








